देशका अधिकांश स्थानमा हावाहुरी र बर्षा, धनगढीमा एक जनाको मृत्यु, ६३ घाइते


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि ठूलो हावाहुरी र मेघगर्जन सहित वर्षा भएको छ ।

बिहान ५ बजेदेखि नै आकाशमा बादल मडारिएर हावाहुरीसहित वर्षा भएको हो ।

हिजो साँझ पश्चिमी क्षेत्रबाट सुरु भएको हावाहुरीसहितका वर्षा काठमाडौं उपत्यका हुँदै पूर्वी भेगतर्फ सर्दै गएको छ ।

कैलालीको धनगढीमा हावाहुरीमा परी एकजनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।

हिजो साँझ साढे ८ बजे आएको हावाहुरीमा परेर घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

तीव्र गतिमा आएको हावाहुरीका कारण कतिपय घरको छाना उडाएको छ भने बालीनालीमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

हुरीले सबैभन्दा धेरै धनगढी उपहानगरपालिकाकामा क्षति पुगेको छ भने बिजुलीका पोलहरु र रुख ढलेर विद्युत् सेवा बन्द भएको छ ।

Leave a Reply