पूर्वलडाकु युरोप पुगेर न्याय माग्दै बालसैनिकको पक्षमा गुहार


काठमाडौं । तत्कालिन नेकपा माओवादीका लडाकु लेनिन विष्ट न्याय खोज्न युरोप पुगेका छन् ।

युरोप गएका उनले तत्कालिन नेकपा माओवादीले राज्य पक्षसँग युद्ध लड्न भर्ना गरेका बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई गुहारेका छन् ।

विष्टले युरोपियन एक्सर्टनल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एण्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयोगलगायतका निकायमा न्याय माग्दै पत्र बुझाएका हुन् ।

विष्टले अन्तर्राष्ट्रिय निकायसँग न्यायका लागि गुहार गरेको निवेदनपत्रमा तत्कालीन माओवादी लडाकुमाथि लागेको ‘अयोग्य’को विल्ला हटाउनुपर्ने, चार हजार आठ बालसैनिकका माग सम्बोधन हुनुपर्ने, बालबालिकालाई लडाकुमा भर्ती गर्दा बालअधिकार उलंघन भएको जिम्मेवारी माओवादी नेताले लिनुपर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताअनुसार बाल अधिकार र न्याय सुनिश्चित गर्नुपर्नेलगायतका विषय उठाइएको छ ।

Leave a Reply