बुबा र छोरा बीचको माया

सी चोङ स्वीन चीनका राष्ट्राध्यक्ष सी चिनफिङका बुबा हुनुहुन्छ। सी चोङ स्वीनले मानिसहरू देश हुन् र देश नै मानिसहरु भएको बताउनुहुन्छ। राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्टहरूको प्रारम्भिक योजना र लक्ष्यले चिनियाँ जनताको लागि खुशी खोज्न र राष्ट्रलाई पुनरुत्थान गर्न चाहने बताउनुभयो।

सी चोङ स्वीनले आफ्नो जीवनको पहिलो भागमा चीनको उत्तर-पश्चिममा राम्रो काम गर्नुभयो। 60 वर्षको उमेरमा पनि उहाँले चीनको दक्षिण गेटको सुरक्षा गर्नुभयो। ‘जीवन भरको लागि लडाइँ, सुखी जीवन, हरेक दिन कडा मेहनतका कारण हरेक दिन खुसी लाग्छ’ उहाँ भन्नुहुन्छ, ‘यो नै जीवनको सारांश हो।’

राष्ट्राध्यक्ष सी चिनफिङले बुबालाई लेख्नुभएको चिठ्ठीमा बुबाले कम्युनिष्टको विश्वास सधैं छ। तपाईंको व्यवहारले हाम्रो दिशातर्फ संकेत गरेको उल्लेख गरिएको छ।

म एक किसानको छोरा हुँ, सी चोङ स्वीनले अक्सर भन्ने गर्नुहुन्छ। सी चोङ स्वीनले सी चिनफिङलाई भन्नुभयो, ‘कुनै पनि अधिकार कति ठूलो हो, सधैं मानिसको सेवा र मानिसहरूको जीवन बारेमा सोच्न नबिर्सनू।’
सी चोङ स्वीनले जबसम्म यो कुरा मान्छेका लागि राम्रो छ र देशको लागि राम्रो छ, तबसम्म हामी यो काम गर्नेछौं’ भन्नुभयो। राष्ट्राध्यक्ष सीले सही सुधार र खुलापनको दिशा पच्छ्याउनुपर्छ, सोचका व्यवधानहरुलाई तोड्नुपर्छ, भन्नुभयो।

सी चोङ स्वीनले क्वाङ तोङ प्रान्तका जनताको नेतृत्व गर्दै सुधार तथा खुलापन ल्याउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले क्वाङ तोङको निरीक्षण गर्नुभयो। सन् 2018को अक्टोबरमा उहाँले क्वाङ तोङ प्रान्तमा फेरि एक पटक निरीक्षण गर्नुभयो। उहाँले घोषणा गर्दै चीनको सुधार तथा खुलापन कहिल्यै रोक्न नसकिने बताउनुभयो।

छोरा छोरीले आफ्ना बुबा सी चोङ स्वीनलाई सम्झाउँदै आफ्नो जीवनभर तथ्यबाट सत्य खोजी गर्ने र मानव हितका विषयलाई कहिल्यै पनि नबिर्सने कुरा बताए।

सी

Comments are closed, but trackbacks and pingbacks are open.